काठमाण्डाै – सरकारले गएको भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ गतेसम्म घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको हो । गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरणसम्बन्धी कार्यमा लामो समय लागेकाले अब अन्तिम मौका दिएको जनाएको छ । अब यो अवधिभित्र विधिवत् प्राप्त हुन आएका निवे...