भरतपुर क्षेत्रमा यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय

चितवन – चितवनको भरतपुर मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका गाडी सञ्चालन, मालवाहकको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी विभिन्न निर्णय गरेको हो । निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाण्डौ तथा पोखरा जाने बस, मिनीबस, माइक्रोबस लगायतले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय...