काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप महादेशस्तरीय क्षेत्रीय कार्यक्रम २४ र २५ अप्रिलमा आयोजना हुने भएको छ । दुई दिने कार्यक्रममा पहिलो दिन क्षेत्रीय सम्मेलन गरिने छ । दोस्रो दिन युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता हुने इनास युरोप क्षेत्रीय समन्वय समितिका संयोजक सुनिल गुरुङ र क्षेत्रीय संयोजक श्याम श्रेष्ठले जानकारी दिए […]