पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सहसंयोजक नेपालले आज एक सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबीच उत्पन्न विवाद अन्त्य गर्न संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् । धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हाल...