के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

हातमा पसिना आउनु सामान्य कुरा हो । गर्मी लाग्दा, डर लाग्दा वा तनाव हुँदा पसिनाले हात भिज्नु स्वाभाविक हो । तर, चिसो हावामा बस्दा पनि हात सधैं भिजिरहन्छ भने यसलाई सामान्य मानिँदैन । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘हाइपरड्रोसिस’ भनिन्छ । हाइपरहाइड्रोसिसमा शरीरका पसिना ग्रन्थी अत्यधिक सक्रिय हुन्छन् र आवश्यकता भन्दा धेरै पसिना उत्पादन गर्छन् । […]