इरानमा फेरि विद्यार्थीहरूले प्रद्शन शुरू गरेका छन् । केही इरानी विश्वविद्यालयका विद्यार्थीहरूले पुन: सरकारविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । गत महिना अधिकारीहरूले हिंसात्मक कारबाही शुरू गरेपछि यो ठूलो प्रदर्शन हो । राजधानी तेहरानमा रहेको शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको क्याम्पसमा प्रदर्शनकारीहरूले मार्च गरेको बीबीसीले जनाएको छ। पछि प्रदर्शनकारीकारी र सरकार समर्थकहरूबीच झडप भएको देखिएको समाचारमा उल्लेख छ । तेहरानको अर्को विश्वविद्यालयमा धर्ना दिइएको थियो । उत्तरपूर्वी क्षेत्रमा पनि र्&z...