लगातार पाँचौं जितको खोजीमा विष्णु पौडेल, कांग्रेस र रास्वपाको चुनौती

लुम्बिनी प्रदेशका १२ जिल्लामा कूल प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्र छन् । लुम्बिनी प्रदेशको धेरै (५ वटा) निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट निरन्तर चुनाव जित्दै आएका नेता हुन् एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल ।  यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उनी रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमेत रहेका पौडेल लुम्बिनी प्रदेशबाट २०६४ यताका सबै संसदीय चुनाव जित्ने एक्ला नेतामा पर्छन् ।  उनै पौडेल यतिबेला पाँचौं जित निकाल्ने तयारीका साथ चुनावी मै...