होली पर्व नजिकिँदै गर्दा यातायातका साधनको प्रयोग अन्य समयभन्दा उच्च रहने गर्छ । सवारी साधनको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ । त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकलाई सुरक्षित यात्राको कामनासहित चाडपर्वको बेला ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले आइतबार (फागुन १०)देखि १५ गते सम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ । उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन हुनेछ । उक्त क्याम्पमा सहभागी ग्राहकका...