दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि कांग्रेस र माओवादी केन्द्र (हाल नेकपा)को प्रभाव रहेको जिल्लामा यसपटक रास्वपाले उनीहरूलाई नजिकबाट टक्कर दिने देखिएको हो । गोरखा नगरपालिका वडा नम्बर १ देखि ७ सम्म तथा गण्डकी, शहीद लखन, भीमसेन, आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिका समेटिएको गोरखा १ मा कांग्रेसबाट प्रेमकुमार खत्री, एमालेबाट रामचन्द्र लामिछाने, नेकपाबाट हरिराज अधिकारी, रास्वपाबाट सुधन गुरुङ...