सुर्खेत-२ का एमाले उम्मेदवारको प्रतिबद्धता : विकास प्राधिकरणदेखि मेडिकल कलेजसम्म

नेकपा एमालेको तर्फबाट सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार रहेका कुलमणि देवकोटाले विभिन्न प्रतिबद्धता र योजना अघि सारेका छन् । उनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै विकास प्राधिकरण गठनदेखि मेडिकल कलेजको पूर्वाधार निर्माणसम्मका विषय समेटेका छन् । उनले आफ्नो घोषणापत्रमा शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, उद्यमशीलता, पूर्वाधार विकास लगायतका विभिन्न विषय समेटेका छन् । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक शहरका रूपमा विकास गरी देशकै नमूना र घुम्नयोग्य हरित-शहर बनाउने बताएका छन् । यसका लागि...