सिलिगुडीमा पहिलोपटक गुञ्जिँदै नेपथ्य

पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ । ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष (सन् २०२६) नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदैछ । गत साता मुलुकका चार शहरमा शृङ्खलाबद्ध यात्रा गरेर फर्केको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको छ । नेपथ्यले यसअघि सिलिगुडी आसपासका सिक्किम र सिलोङमा आफूलाई उभ्याइसकेको छ । यस महानगरको उत्तरतर्फका...