काठमाण्डौ – सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२ चाँडै राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो । झन्डै दुई दशकदेखि अध्ययन हुँदै आएको यो विषयमा मन्त्रिपरिषद्ले गएको पुसमा औपचारिक निर्णय गरेको हो । मन्त्री सिन्हाका अनुसार १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक झन्डै ६ अर्ब रुपैयाँको पेट्रोलियम आयात घ...