काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । लगातार चार दिनको विदापछि आज शेयर बजार खुलेकोमा शेयर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४.५५ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार समूहको शेयर साढे तीन प्रतिशत भन्दा धेरैले घटेको छ । आज बुद्धभूमी नेपाल हाइड्रो, रिडी पावर र आखुखोल जलविद्युत कम्पनीको शेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि साल्पा विकास बैंकको शेयरमा भने सकरात्मक सर्किट लागेको छ । यो आइपीओ बाँडफ...