निर्वाचन सुरक्षाका लागि जिल्ला-जिल्ला खटिँदै प्रहरी [तस्वीरहरू]

यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्ला जाने काम शुरू भएको छ । आइतबार महाराजगञ्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही, रौतहट लगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरू  बिदाइ भएका छन् ।  निर्वाचन सुरक्षार्थ ३ हजार भन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।