मोटरसाइकल चोरीको आरोपमा ४ जना पक्राउ

१० फागुन, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल घर भएका १८ वर्षीय मेन्सुहाङ राई, बूढानीलकण्ठका १८ वर्षीय समीर तामाङ, खोटाङका १८ वर्षीय प्रज्वल राई र दोलखाका १८ वर्षीय जनम तामाङ छन् । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई चोरीका ३ थान मोटरसाइकलसहित पक्राउ गरेको हो […]