भदौ २३/२४ को घटनाले निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।  उनीहरूको घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इञ्जिन मानिएको छ र व्यावसायिक जगतको आत्मविश्वास बढाउन आफूहरूले नीतिगत सुधार गर्ने दाबी पनि गरेका छन् । लगानीकर्तालाई विश्वास दिलाउन करका दर स्थिर राख्ने, राज्य केवल सहजकर्ता वा नियामकमात्र रहने, भयरहित वातावरण बनाउने, स्वदेशी उत्पादन र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने, एकाधिकार हटाउने, कानून संशोधन गरी अवरोध हटाउने, लगानीलाई व्यापारभन्दा उत्पादनशील ...