अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले आर्टेमिस–२ यानको प्रक्षेपणका लागि तोकिएको मार्च ६ को मिति रद्द गरेको छ । प्रक्षेपणको तयारीस्वरूप गरेको अभ्यास परीक्षणका क्रममा हिलियम ग्यासको आपूर्तिमा अवरोध देखिएपछि यो निर्णय गरेको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो । नासाका प्रशासक जेरेड आइज्याकम्यानले ४८ घण्टाभन्दा बढीको जाँचमा कुनै त्रुटि नदेखिएकाले प्रक्षेपण मिति घोषणा गरेकोमा पछि हिलियम प्रवाहमा समस्या देखिएको हो । इन्धन ट्याङ्की दबाबमा राख्न र र...