बङ्गलादेशले भारतमा रहेका आफ्ना कूटनीतिक नियोगहरूबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतमा रहेका आफ्ना कूटनीतिक मिसनहरूबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो । तर चुनावपछि समग्र अवस्थामा सुधार आएको निष्कर्षसहित अब सेवा नियमित रूपमा विस्तार गरेको बङ्गलादेशी अधिकारीलाइ उद्धृत गर्दै समाचारसंस्था एएनआइले जनाएको छ । बङ्गलादेशी नागरिकका लागि भारतीय पर्यटक भिसा सेवा भने अझै पनि पूर्ण रूपमा खुला भएको छैन । केही विशेष श्...