काठमाण्डौ – नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय रहेको दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनाव भाड्न खोज्ने तत्वहरुको रणनीति असफल बनाउँदै समयमै चुनाव गराउन सरकार दृढ हुनुपर्ने बताउनुभयो । शासनको वैधता नागरिकको मत भएको कांग्रेसको भनाइ छ । प्रवक्ता चालिसेले सबै पार्टीहरूले चुनावमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने बताउनुभयो ।