काठमाडौं क्षेत्र नम्बर ८ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । गल्ली–गल्लीमा पोस्टर, झण्डा र नाराको भिडभाड भए पनि मतदाता भने चुपचाप तर गम्भीर निर्णयको तयारीमा देखिन्छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुँदा स्वतन्त्र उम्मेदवार सुमन सायमी झिनो मतान्तरले पराजित भएका थिए । अहिले सुमन नेपाली कम्युनिस्ट पार्टीबाट मैदानमा छन् । रास्वपाबाट विराज नै उम्मेदवार छन् । त्यसकारण यो पटक प्रतिस्पर्धा अझै पेचिलो हुने संकेत देखिन्छ । हामीले काठमाडौं–८ का मतदातासँ...