स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकार भएकाहरूको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित तवरबाट सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । जिल्लास्थित खुद्रा मदिरा पसलहरूले व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरासमेत बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएको अवस्थामा उक्त मदिरा जफत गरी नष्ट गर्नुका साथै प्रचलित कानुनबम...