राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार तथा नेतृ खुश्बु ओलीले प्रमुख राजनीतिक दलहरूले वर्षौंदेखि गरिब र सुकुम्बासीलाई धनीपुर्जा दिने झुटो आश्वासन दिएर भोट बैंकको रूपमा मात्र प्रयोग गरेको भन्दै कडा आलोचना गरेकी छन्। आइतबार झापा क्षेत्र नम्बर ४ मा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनताको आँगनमा आउने एमाले, कांग्रेस र माओवादीका नेताहरूले जितेर गएपछि जनताको समस्या बिर्सिने गरेको आरोप लगाइन्। नेतृ ओलीले पटक–पटक सरकारको नेतृत्व गरेका शक्तिशाली मन्त्री र प्रधानमन्त्...