शान्तिको एउटै प्रश्न : मेरो नागरिकता कहिले ?

अहिले देशभरको माहोल चुनावले रङ्गिएको छ । चुनावको उत्साहपूर्ण माहोलमा निवार्चन क्षेत्र नं ४ मा पर्ने विश्वकर्मा चोकमा बसोबास गर्दै आएकी शान्तिकुमारी चौधरी भने निराश मुद्रामा भोट माग्न आउने नेताको दैनिक पखाइमा छिन् । नेता घरदैलो कार्यक्रममा भोट माग्न आए यसो भन्छु, उसो भन्छु भन्ने उनको केही सोच छैन । न त कुन पार्टीबाट को नेता उम्मेदवार छन् भन्ने जानकारी नै छ । मात्र उनको चाहना आफ्नो लागि नागरिकताको पहल गरिदिए हुन्थ्यो भन्ने रहेको छ । गत स्थानीय चुनावमा जस्तै यसपटकको चुनावमा पनि भोट माग्न आउँदा नेतालाई आफ्नो अवस्थाको बारेमा...