लिचिबारी भ्रष्टाचार प्रकरण- पूर्वमन्त्री रञ्जितासँग २५ लाख धरौटी माग

पोखराको लिचिबारी जग्गाको घुस प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग अदालतले २५ लाख रूपैयाँ धरौटी माग गरेको छ । आइतबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठसँग धरौटी माग्ने निर्णय गरेको हो । श्रेष्ठ आइतबार अदालतमा हाजिर भएकी थिइन् । उनीसँग २५ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको हो ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध असोज २२ गते मुद्दा दर्ता गरेको थि...