आफ्नै स्थानीय तहमा चुनाव प्रचार गर्न जनप्रतिनिधिलाई रोक, उल्लंघन गरे कारबाही हुने

निर्वाचन आयोगले स्थानीय कार्यपालिकाका पदाधिकारीहरूलाई आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ।  निर्वाचन आचारसंहिता, २०८२ विपरीत कतिपय जनप्रतिनिधिहरू प्रचारप्रसारमा संलग्न भएको उजुरी परेपछि आयोगले यस्तो सचेत गराएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आचारसंहिताको व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरू आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य क्षेत्रमा मात्र प्रचारप्रसारमा जान पाउनेछन्। तर, त्यसरी प्रचारमा जाँदा सरकारी स्रो...