चुनाव प्रचारप्रसारका क्रममा उम्मेदवार र राजनीतिक दलले आफ्नो चिह्नको भौतिक प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आइतबार एक परिपत्र जारी गर्दै निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन भनेको छ । कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना/गुनासा प्राप्त भएका आयोगले जनाएको छ । राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रि...