निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न निर्देशन दिएको छ। निर्वाचन प्रचारप्रसारका क्रममा कतिपय उम्मेदवारले धातु, काठ वा अन्य सामाग्रीबाट बनेका वास्तविक देखिने भौतिक स्वरूपका निर्वाचन चिह्नहरू बोकेर हिँड्ने गरेको र त्यसले जनसुरक्षामा चुनौती थपेको भन्दै आयोगले यस्तो रोक लगाएको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार चुनाव प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप बोकेर हि...