चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँको बौद्ध नयाँबस्तीबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित सुर्खेतका २२ वर्षीय विर विक्रम खड्कालाई नियन्त्रणमा लिएको छ।  खड्काले बा ९० प ३९ ७४ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी ना ५१ प ३२ ०३ बनाई चलाइरहेको अवस्थामा फेला पारिएको हो। बुढानिलकण्ठबाट हराएको उक्त मोटरसाइकल धनी आशिष राना मगरले दिएको हुलियाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अ...