घरभित्र पसेको चितुवा नियन्त्रणमा, तीन जना घाइते

 काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा पसेको चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय बासिन्दा, प्रहरी र काठमाडौं डिभिजन वन कार्यालयको टोलीले संयुक्त रूपमा चितुवा नियन्त्रणमा लिएको हो । चितुवाको आक्रमणबाट मनमैजुका ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्ले घाइते भएका छन् । उनीहरूलाई आक्रमण गरी घाइते बनाएपछि चितुवा घरभित्रै बसेको अवस्थामा थियो । घरभित्र चितुवा बसेको खबर पाएपछि नियन्त्रणका लागि प्रहरी र काठमाडौं डिभिजन वन कार्यालयको टोली पुग्न ढिलाइ भएको भन्दै स्थानीय बुद्ध लामा आफैं नियन्त्रण प्...