काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको भएको छ । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आइतबार अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।