टी-२० विश्वकपको सुपर-८ अन्तर्गतको तेस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई जितका लागि १८८ रनको लक्ष्य दिएको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको हो। दक्षिण अफ्रिकाको पारीमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६३ रनको अर्धशतकीय पारी खेले भने डेवाल्ड ब्रेभिसले ४५ रनको योगदान दिए। यी दुई ब्याटरबीच चौथो विकेटका लागि भएको ९७ रनको साझेदारीले अफ्रिकी टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्...