नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै पार्टीको प्रचार-प्रसार र निर्वाचन अभियानलाई व्यवस्थित बनाउन आफ्ना सबै मातहतका कमिटीहरूलाई विशेष निर्देशन जारी गरेको छ। केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक एवं प्रवक्ता देवराज चालिसेद्वारा जारी गरिएको परिपत्र अनुसार, पार्टीले 'एक पार्टी सदस्य, ३० घर' को जिम्मेवारीसहित घरदैलो अभियानलाई अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। पार्टीले सुशासन र समुन्नतिको प्रतिज्ञाबारे बुद्धिजीवी र मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्न तथा सामाजिक सञ्जालको प्रभावकारी ...