पोखराबाट काठमाण्डौको लागि छुटेको बस धादिङमा दुर्घटना, १७ जनाको ज्यान गयो

काठमाण्डौ - पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् । ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ ।