धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ । यसैगरी २४ जना घाइते भएका छन् । सोमबार बिहान करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्बी राजमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए । उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन् । अहिलेसम्म १७ जनाको शव घटना स्थलमानै रहेको छ भने घाइते २४ जनालाई उद्धार गरेर विभिन्न...