निर्वाचन विरोधी गतिविधिमा सङ्लग्नलाई कानुनी दायरामा ल्याइने

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पु-याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता, गृहसचिव राजकुमार श्रेष्ठको सहभागिता तथा सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका कर्मचारीको उपस्थितिमा आइतबार बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा, निर्वाचन तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो । विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्ति...