नियमित बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई रु १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ । विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन द...