काठमाण्डौ – निर्वाचन आयोगले प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोगमा रोक लगाएको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो । आयोगले विज्ञप्ति निकालेर राजनीतिक दल वा उमेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो चुनाव चिह्नको प्रचारप्रसार गर्न सक्ने जनाएको छ । कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरुपका निर्वाचन चिह्न लिई प्रचारप्...