टी–२० विश्वकपको सुपर ८ मा भारत र श्रीलंका पराजित

काठमाण्डौ – आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ । हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ५ बलमा १११ रनमै अलआउट भयो । भारतका लागि शिवम दुबेले ४२ रन जोडेका थिए । बलिङमा दक्षिण अफ्रिकाका मार्को यान्सेनले ४ विकेट लिए भने केशव महाराजको नाममा ३ विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । दक्षिण अ...