चुनाव नजिकिँदा देशैभरि विकासको बाढी आउँछ । भाषणमा पुल बनिसक्छ, सडक कालोपत्र भइसक्छ, रेल कुदिसक्छ, पानीजहाज समुद्र खोज्दै हिँडिसक्छ । सार्वजनिक सेवालाई छिटो, छरितो, पारदर्शी बनाउने वाचा त झन् अनिवार्य मन्त्र जस्तै भएको छ । घोषणापत्र पल्टाउँदा लाग्छ–अब लाइन बस्नुपर्ने छैन, सिफारिस बोक्नुपर्ने छैन, घुस दिनुपर्ने छैन । तर यथार्थ सरकारी कार्यालयको ढोका खोलेपछि थाहा हुन्छ–सुधार भाषणमा छ, झन्झट काउन्टरमा । सरकारी कार्यालयमा काम लिएर जाँदा पहिलो स्वागत ‘फारम सकियो’ ले हुन्छ । दोस्रो स्वागत ‘भो...