धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा घाइते भएका २४ मध्ये ४ जनाको मलेखुस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यालयका अनुसार बाँकी २० लाई उपचारका लागि काठमाडौं ल्याइएको हो । उनीहरूलाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको हो । घाइतेमध्ये धेरैको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट गएराति १ बजेतिर १ ख १४२१ नम्बरको ब...