भारतीय वायुसेनाको हल्का लडाकु विमान 'तेजस' अवतरणका क्रममा रनवेबाट बाहिरिएपछि भारतले आफ्ना सबै ३० वटा सिंगल-सिट तेजस विमानहरूको उडानमा रोक लगाएको छ। फेब्रुअरी ७ मा भएको यस घटनामा विमानको ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, यस घटनाको विस्तृत जानकारी भने अहिले मात्र सार्वजनिक भएको हो। तालिम उडान भरेर एयरबेस फर्किने क्रममा अवतरण गर्दा पाइलटले ब्रेक लगाउन खोजे पनि प्राविधिक गडबडीका कारण ब्रेक नलागेपछि विमान धावनमार्गबाट बाहिर पुगेको थियो। विमान रनवेबाट बाहिरिनुअघि नै पाइलटले सुरक्ष...