यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा २८ जना घाइते भएका छन् । सशस्त्र प्रहरीले घाइते २८ जनाको विवरण सार्वजनिक गरेको छ ।  पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ ।   ग १ ख १४२१ नम्बरको उक्त बसमा सवार १७ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइतेलाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए । म...