जारी टी-२० विश्वकप अन्तर्गत आज सुपर-८ को चौथो प्रतिस्पर्धामा दुई चिरपरिचित प्रतिद्वन्द्वी वेस्ट इन्डिज र जिम्बाब्वे आमनेसामने हुँदैछन्। मुम्बईको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुने यस खेलमा दुवै टोली जितका साथ सुपर-८ को सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। प्रतियोगितामा अस्ट्रेलिया र श्रीलङ्का जस्ता पूर्व विश्व विजेता टोलीलाई स्तब्ध पारिसकेको जिम्बाब्वे अहिले उच्च मनोबलमा छ। 'जायन्ट किलर'को छवि बनाएको जिम्बाब्वेले अब वेस्ट इन्डिजलाई आफ्नो अर्को निशाना बनाउने योजना बुनेको छ। सन् २०१० मा जिम्बाब्वेले वेस्ट इन्...