रास्वपालाई घण्टी बजाउँदै भोट माग्न रोकदेखि रन्जितालाई राहतसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । ०००० नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य नि...