मेक्सिकोमा सबैभन्दा खोजी गरिएका अपराधी तथा शक्तिशाली 'जालिस्को न्यू जेनेरेशन' कार्टेलका प्रमुख नेमेसियो ओसेगुएरा सुरक्षा कारबाहीमा मारिएका छन् । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आइतबार जालिस्को राज्यको तापाल्पामा सेनासँग भएको भीषण भिडन्तमा उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राजधानी मेक्सिको सिटी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। अमेरिकी गुप्तचर निकायको सहयोगमा गरिएको सो विशेष अपरेशनमा अन्य चार कार्टेल सदस्य पनि मारिएका छन् । यस्तै केही सैनिक घाइते भएका छन्। एल मेन्चोको मृत्युको खबर सार्वज...