बिजुली हुँदाहुँदै किन ग्यासको कुरा ?

गत एक दशकबीच विद्युत्‌को पहुँच ५८ बाट ९६.७ प्रतिशत घरपरिवारमा पुगेको तथ्याङ्क हुँदा पनि भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्ने सङ्ख्या ०.७ प्रतिशत मात्र हुनुले हाम्रो विद्युत् निर्यात गर्ने क्षमतालाई गिज्याइरहेको अनुभूति हुन्छ।