काठमाण्डौ – निर्वाचन आयोगले पालिकाका जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो । केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्ध...