काठमाण्डौ – प्रमुख राजनीतिक दलहरूले जलवायु परिवर्तनको मुद्दालाई यसपटकको चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण देशले भोगिरहेका गम्भीर समस्या र जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै दलहरूले यस विषयलाई नीतिगत प्राथमिकतामा राखेका हुन् । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भएपनि प्रभावका हिसाबले नेपाल उच्च जोखिमयुक्त देशका रूपमा रहेको छ । विशेषगरी हिमाली क्षेत्रमा प्रत्यक्ष असर देखिनु, हिमालमा हिउँ घट्दै जानु, अत्यधिक तथा न्यून वर्षा, बेमौसमी वर्षा, बाढी–पहिरोजस्ता विपद्...