चुनाव विरोधी गतिविधिमा सङ्लग्नलाई कानुनी दायरामा ल्याइने

काठमाण्डौ – गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता गृहसचिव राजकुमार श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुख सहित हिजो बसेको बैठकले दैनिक रूपमा शान्ति सुरक्षा, चुनाव तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो । विभिन्न जिल्लामा चुनाव विरोधी गतिविधि गर्ने, प्रचारप्रसारमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा ...