जलथलको जैविक धरोहर : ठेकीफल अझै मनग्गे

'ठेकीफल' म्यानमारदेखि नेपालसम्म पाइने जानकारी रोयल बोटानिक गार्डेन, क्युको विद्युतीय सञ्जाल 'प्लान्ट्स अफ द वर्ल्ड अनलाइन' मा छ। यो नेपाल सहित बङ्गलादेश, भारत (उत्तर बङ्गाल, असम, बिहार, मेघालय, झारखण्ड, आन्डमान एन्ड निकोबार टापुहरू) र म्यानमारका उष्णकटिबन्धीय वन क्षेत्रमा पाइँदो रहेछ ।